Nepalesiska

CE स्वीडेनमा तपाईंलाई स्वागत छ

हामी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई स्वीडेनमा व्यापार गर्न सहयोग गर्छौं । हाम्रा सल्लाहकारहरूले तपाईंको कम्पनी, प्रविधि तथा कर्पोरेट उदेश्यहरू पूर्ण रूपमा बुझ्नका लागि समय दिन्छन् । हामीले प्रदान गर्ने समाधानहरू सधैँ तपाईंका आवश्यकताहरू अनुरूप हुनेछन् ।
स्वीडेन असीमित अवसरहरू भएको उच्च विकसित र आकर्षक देश हो – यो तपाईंको विश्वव्यापी उपस्थिति विस्तार गर्ने र नयाँ बजारहरू खोज्ने उत्तम स्थान हो ।
हामीसँग साझेदारी गर्नुहोस् । हामी तपाईंलाई पूर्ण रूपमा मागदर्शन गर्न तयार छौं ।

1 फोर्ब्सले भर्खरै स्वीडेन व्यापार गर्नको लागि विश्वको सबैभन्दा राम्रो देश – लगानिकर्ताका लागि उर्वर भूमि हो भनी पहिचान गर्यो

2 स्वीडेनको प्रति व्यक्ति आय $56,956 हो र यो विश्वमा सबैभन्दा उच्च जीवन स्तर भएको देश हो

3 युरोपमा सबैभन्दा उन्नत डिजिटल अर्थव्यवस्था र यस क्षेत्रमा नगदरहित कारोबार गर्ने सबैभन्दा विकसित समाज

4 विश्वव्यापी प्रतिस्पर्धी क्षमताको सूचकाङ्कले स्वीडेनलाई विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रको दर्जा दिएको छ

5 प्रति व्यक्ति सबैभन्दा धेरै प्याटेन्टको सङ्ख्याको साथमा स्वीडेन सबैभन्दा धेरै नयाँ कुरा प्रतिपादन गर्ने युरोपेली राष्ट्र मानिन्छ

6 संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू पूरा गर्ने कुरामा स्वीडेन अरू देशको तुलनामा राम्रो स्थानमा छ

परामर्श

बजार विश्लेषण

शोध

भर्चुअल कार्यालय

अनुवादन

0
वर्ष देखि यो व्यवसायमा
0
व्यावसायिक साझेदारहरू
0
उत्कृष्ट ग्राहकहरू
0 %
सन्तुष्टिको ग्यारेन्टी
आवश्यकता अनुसारका समाधानहरू
हरेक ग्राहक फरक हुन्छन् - हरेक परियोजना फरक हुन्छ - त्यसैले हामी सधैँ आवश्यकता अनुसारका समाधानहरू प्रदान गर्न प्रयास गर्छौं जुन तपाईंका विशेष आवश्यकता र उदेश्यहरूलाई सुहाउने गरी तयार गरिएका हुन्छन्
स्थानीय ज्ञान
स्वीडेनी सरकारी एजेन्सी, संस्था र कम्पनीहरूसँगको हाम्रो नजिकको सम्बन्धले हामीलाई तपाईंका समस्याहरू चाँडो र सजिलोसँग समाधान गर्न सक्षम बनाउँछ
हाम्रो विशेषज्ञताबाट फाइदा लिनुहोस्
हामीलाई तपाईंको सफलतामा सहयोग गर्न दिनुहोस् - हामीले वर्षौं लगाएर सङ्कलन गरेको ज्ञान स्वीडेनको सफलताको साँचो हो
मापन तथा विषयवस्तुको ज्ञान
हामीले प्रस्ताव गर्ने सबै रणनीति र कार्यहरूले तपाईंका व्यापारिक तथा बजारीकरणका उदेश्यहरूमा कस्तो प्रभाव पार्छ, हामीसँग उक्त प्रभाव मापन गर्ने स्पष्ट पथ हुन्छ
सेवाको उत्कृष्टता
हाम्रा परिणामहरू हामीले दिने सेवाहरूको गुणस्तर र अन्ततः तपाईंको सफलतासँग जोडिन्छन् - हामी बाटोका हरेक कदमहरूमा तपाईंलाई सहयोग गर्न चाहन्छौं

ताजा समाचार

Loading RSS Feed
आउनुहोस्, सम्भावनाहरू पहिचान गरौं!

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्

error: Innehållet är skyddat!